७ बैशाख २०८१, शुक्रबार

अविरल वर्षाले काठमाडौंको प्रहरी कार्यालय नै डुवानमा

uddar1660098167

गए राति परेको वर्षाले प्रहरी कार्यालय नै डुवानमा परेको छ ।

अविरल वर्षाले काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभाग र बस्तीहरू डुवानमा परेको हो ।

बाढीले प्रहरी कार्यालयको मेसभित्र रहेका खाद्यान्नलगायत सामग्री बगाएको छ।

कार्यालयको पछाडि पार्किङ गरिराखिएका तीन वटा मोटरसाइकल पनि बगाएको देखिएको प्रहरीले जनाएको छ।
त्यस क्षेत्रमा बिजुली पनि अवरूद्ध भएको थियो ।

खहरेमाथि राडारबाट दुई जना पुरूषको उद्धार गरिएको प्रहरीले जनाएको छ। तीन साना र चार ठूला गाडी पनि बाढीबाट बाहिर निकालिएको छ।

हरहरमहादेव नजिकै गाईगोठमा रहेका सात जना मानिसहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

विष्ट गाउँका एक तलासम्मका घर डुवानमा परेका छन्। बाढीले सुकुम्वासी टोलको दुइटा टहरा भत्केको छ।