१४ बैशाख २०८१, शुक्रबार

‘लकडाउन’मा तरकारी किन्न गएका युवक विवाह गरेर फर्किए

weird wedding

भारतको उत्तर प्रदेशको गाजियाबादमा लकडाउनको बेलामा अचम्मको घटना सार्वजनिक भएको छ ।

साहिबाबादका ती युवकले अचानक दुलही लिएर आएपछि आमा तीनछक्क परिन् । युवकले आफ्नी प्रेमिकालाई पत्नी बनाएर ल्याएका थिए । रिसाएकी आमाले बुहारीलाई घरमा पस्नै नदिएपछि परिवारै प्रहरीकहाँ पुगेको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिने डरले भारतमा जारी लकडाउनका बिच एक व्यक्ति तरकारी र खाद्यवस्तु लिन घरबाट बाहिर निस्किएका थिए तर उनले तरकारी किनेर ल्याएनन बरु आफूसँगै दुलही पो ल्याए ।

लकडाउनमा अचानक दुलही घरमा भित्रिँदा युवककी आमाको होश उड्यो । वास्तवमा, उनका छोराले आफ्नी प्रेमिकालाई श्रीमती बनाएर ल्याएका थिए । रिसाएका युवककी आमाले दुलहीलाई आफ्नो घरमा प्रवेश गर्न दिइनन् । त्यसपछि यो पूरा घटना पुलिस थानासम्म पुगेपछि घटना सार्वजनिक भएको छ ।

दुलहीको पहिरन लगाएक युवती र उनीसँग एक युवा थानामा उपस्थित थिए । त्यहाँ युवककी आमा आइन् र लकडाउन उल्लंघन गर्ने छोरालाई घरभित्र प्रवेश हुन नदिने बताइन् ।

भारतीय मिडिया आजतकका अनुसार थानामा युवतीकी आमाले चिच्याउँदै भनिन्, ‘छोरा खाद्य सामग्री लिन गएको थियो र केटी विवाह गरेर ल्यायो । यी दुईले विवाह गरेको कुनै प्रमाण छैन ।’ युवकलाई प्रहरीले सोध्दा आफूहरुले मन्दिरमा विवाह गरेको बताए ।

युवककी आमा राजी नभएपछि पुलिसले दुलहा–दुलहीलाई छुट्टै भाडामा बस्न सल्लाह दिएर सहमती गराएको छ । प्रहरीको सल्लाह बमोजिम हाल उक्त नव विवाहित जोडी अलग्गै बस्न थालेको छ । एजेन्सी