२१ बैशाख २०८१, शुक्रबार

प्रदर्शन मिति हेरफेर फिल्म ‘२ नम्बरी’को

saugat daya

कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘२ नम्बरी’को प्रदर्शन मिति हेरफेर भएको छ ।

यो फिल्म तिहारको अवसरमा कार्तिक ४ गते रिलिज हुने पक्का भएको थियो । तर, निर्माणपक्षले अब यो फिल्मको प्रदर्शन मिति २ साता वर सारेको हो ।

फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले अब फिल्म असोजको २१ गतेबाट रिलिज हुने जानकारी दिए ।

वितरकसँग सल्लाहा गरेर नै आफूहरुले असार २१ गते खाली रहेको मितिमा फिल्म रिलिज गर्न लागेको उनको भनाई छ ।

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन् । २ साथीको मित्रताको कथामा यो फिल्म बनेको हो ।

सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा मिठु तामाङ्नी सह–निर्माताको रुपमा छिन् । फिल्ममा दीप्क मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माताको रुपमा छन् ।

यो फिल्म कार्तिक ४ बाट असोज २१ मा सरेसँगै अब कार्तिक ४ मा फिल्म ‘के घर के डेरा’ले सोलो रिलिजको अवसर पाएको छ ।

    सम्बन्धित समाचार...