१६ चैत्र २०८०, शुक्रबार

मंगलवारकाे माैसम : देशभर मध्यम बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना

weather aajko mausam

देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा मुसलधारे वर्षा हुने भएको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । विभागले आगामी २४ घण्टा देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागले जनाएको छ ।

उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनाका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध समेत गरेको छ ।

रातको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली तथा लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।