१९ बैशाख २०८१, बुधबार

आठ हजार ६ सय २० मतदाता थपिए सुर्खेतमा

surkhet ele

सुर्खेतमा आठ हजार ६ सय २० मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालयले १९ साउनसम्म मतदाता नामावली संकलन गरेको थियो ।

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमअन्तर्गत प्रदेश निर्वाचन कार्यालय सुर्खेतले असार १ देखि १९ साउनसम्म एक महिना १९ दिन अभियान सञ्चालन गरेको थियो ।

सुर्खेतको तीन ठाउँबाट नामावली दर्ता तथा पुरानो अद्यावधिक गरिएको थियो । अद्यावधिकको विवरण भने केही दिनपछि मात्रै सार्वजनिक हुने प्रदेश निर्वाचन प्रमुख दुर्गाप्रसाद चालिसेले बताए । 

१३ चैत २०७८ मा प्रकाशन भएको मतदाता सूचीअन्तर्गत सुर्खेतमा दुई लाख ३८ हजार चार सय ५७ जनाको मतदाता थिए । १९ साउनसम्म प्रदेश निर्वाचन कार्यालयले सुर्खेतमा आठ हजार ६ सय २० जनाले मतदाता नामावली दर्ता गरेको जनाएको छ ।

प्रदेश र संघको निर्वाचनमा सुर्खेतमा दुई लाख ४६ हजार मतदाता हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले बताए ।