१६ चैत्र २०८०, शुक्रबार

परिवार नै सखाप श्रीमान-श्रीमतीको विवादले, दुई अबोध बालकालिकासहित चार जनाको निधन

kabesthali

भरतपुरको रमाइलो चोकमा कृष्णप्रसाद आचार्य र रुश्मा आचार्य दम्पतीको दुःखद् निधन भएको एक हप्ता नबित्दै काठमाडौँको काभ्रेस्थलीमा पाण्डे दम्पतीको पनि दुःखद् अन्त्य भएको छ ।

दुवै घटना वैदेशिक रोजगारी र दम्पतीबीचको मनमुटावकै कारणले घटेको देखिन्छन् । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्–श्रीमती र दुई छोराछोरीको शव भेटिएको छ । श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको पारम्भिक अनुसन्धानले देखाएको छ ।

श्रीमती र दुई बच्चाको शव एउटा कोठामा र श्रीमानको शव अर्को कोठामा विभत्सरुपमा भेटिएको थियो । त्यसैले श्रीमती र बच्चासहितको हत्या गरेर आफूले आत्महत्या गरेको देखिन्छ । त्यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

श्रीमती दुई दिनपछि (बेलायत) युके जाने तयारीमा रहेको स्थानीयहरूले बताएका छन् । उनीहरुको पुर्ख्यौली घर गोरखा भए पनि अहिले त्यही घर बनाएर बस्दै आएको स्थानीयको भनाइ छ ।

थप अनुसन्धानपछि नै घटनाबारे थाहा लाग्ने उनले बताए। घटनामा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत्त भेटिएका थिए।

उनीहरूको छोराछोरी विद्यालय जाने बेलामा पनि बाहिर ननिस्केपछि स्थानीयले ढोका फोडेर हेरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र थप रहस्य खुल्न बाँकी रहेको जनाइएको छ ।