८ बैशाख २०८१, शनिबार

व्यवसायीलाई ग्रिल ग्राम तोक्नेतिर लाग्न आह्वान

295911338 5884448768251379 1660839506886447755 n

उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले ग्रिल ग्राम तोक्नेतिर लाग्न व्यवसायीलाई आह्वान गरेका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको २७औं साधारणसभाको शनिबार भक्तपुरमा उद्घाटन गर्दै सचिव पोखरेलले ग्रिलको महत्त्व अत्यधिक रहेकोले ग्राम आवश्यक भएको औँल्याए ।

‘अब तपाइहरूले हामी यहाँ बस्न मिल्छ कि मिल्दैन भनेर भन्नेभन्दा पनि यो हाम्रो ठाउँ हो । यहाँ हामी बस्छौँ भनी अधिकार स्थापित गर्नुपर्‍यो’, उनले भने, ‘जुन ठाउँमा एक दुई सय स्टिल उद्योगहरू एक ठाउँमा होस् ।’ कार्यक्रममा उनले उत्कृष्ट ग्रिलका उत्कृष्ट इकाईलाई सम्मान पनि गरेका थिए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवाललगायतले ग्रिल व्यवसायीका विभिद् समस्याहरूबारे सरकारको ध्यानाकर्षण गराए । उनीहरूले ग्रिल व्यवसायीको हितलाई सरकारले ध्यान दिन नसकेको आरोप लगाए ।

296071397 3265137570366007 2656973585790067339 n

    सम्बन्धित समाचार...