१४ बैशाख २०८१, शुक्रबार

शक्ति राष्ट्रहरूको चासो बढ्दै जाँदा अर्थपूर्ण सहायक विदेशमन्त्री लु को भ्रमण

donald loo

नेपालमा शक्ति राष्ट्रहरूको चासो बढ्दै जाँदा एमसीसी र एसपीपीमा चासो दिएर अमेरिकी अघिकारीले एकपछि अर्को गर्दै भ्रमणलाई तीव्रता दिइरहेका छन् ।

नेपालस्थित एक अमेरिकी कम्पनीलाई अवार्ड दिने घोषित कार्यक्रम लिएर दुईदिने भ्रमणमा काठमाडौं आइपुगेका लु् ले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने छन् ।

उनी राजनीतिक दलहरूबीच एमसीसीका विषयमा तीव्र मतभेद रहेका बेला गत मंसिर १ देखि ४ गतेसम्म नेपालमा थिए । अहिले एपीपीमा सामेल नहुने पत्र अमेरिकालाई पठाउन सरकारले ढिलासुस्ती गरिरहँदा लुको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सरकारी तबरबाट गोप्य रूपमा एसपीपीमा सहभागी हुन पत्राचार गरिएको विषयमा विवाद चर्केपछि असार ६ मा मन्त्रिपरिषद्ले उक्त कार्यक्रममा नेपालले भाग नलिने निर्णय गरेको थियो। तर अहिलेसम्म पत्र अमेरिकालाई पठाईएको छैन ।

यस पटकको लु को भ्रमण एमसीसी कार्यान्वयन र एसपीपी विवादको विषयमा केन्द्रीत हुने भनिएको छ । एमसीसी र एसपीपीको विवाद अघि अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमण विरलै मात्र हुने गरेको थियो ।

मित्र राष्ट्रहरूले नेपालका बारेमा चासो राख्नु सकरात्मक भए पनि स्वार्थ हाबी हुन नदिन ध्यान दिनुपर्ने आवाज भने उठिरहेको छ ।

नेपालमा दुई शक्ति राष्ट्र चीन र अमेरिकाको चासो बढ्दै छ । त्यसैले शक्ति सन्तुलन र राष्ट्रिय हितमा नेपाली पक्ष चनाखो हुनुपर्ने विज्ञ बताउँछन् ।

अमेरिकी दुतावासले भने सहायक विदेशमन्त्री लुको भ्रमण कुटनीतिक सम्वन्धको ७५ औं बर्षगाँठ अन्तर्गत नियमित प्रकृया भनेको छ ।