१५ चैत्र २०८०, बिहीबार

डोनाल्ड लु नकाठमाडौँमा

donald lu

संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ आज साँझ काठमाडौँ आइपुग्नुभएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँ दुई दिनसम्म नेपालमा रहनुहुनेछ । यो पटकको भ्रमणका अवसरमा उहाँले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्नुहुने दूतावासले जनाएको छ ।

साथै उहाँले दुई देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानवाधिकारका विषयमा पनि कुराकानी गर्नुहुनेछ । दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञका रुपमा विविध विषयमा छलफलका लागि उहाँले यस क्षेत्रको भ्रमण गर्नुभएको हो ।

सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनुहुने बुझिएको छ ।