१३ बैशाख २०८१, बिहीबार

करिब–करिब अन्त्य बाम तालमेलको कसरत !

Bam Yuml maoist
फाइल फोटो

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम तालमेलको कसरत करिब–करिब अन्त्य भएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीहरुले बिचार मिल्नेहरुलाई जोडेर समाजवादी केन्द्रको अवधारणालाई अन्तिम चरणमा पुर्याएका छन् ।

सत्तारुढ दलहरु भित्रै मा‌ओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा बाबुराम भट्टरार्इ र बामदेव गौतमले नेतृत्व गरेको समुह समेत मिलेर अगाडि बढ्ने पक्का भएको हो । उनिहरुले निर्वाचन अगाडि पार्टी एकीकरण सम्भव नभए पनि संयोजन गर्नै कुनै समिति बनाएर अगाडि बढ्ने देखिएको छ ।

माओवादीभित्र यो विषयलाई अध्यक्ष पुष्पकमल दाहालले धेरै अगाडि बढाइसकेका छन् । अनुमोदनका लागि केही दिनभित्रै स्थायी समिति बैठक बोलाउँदैछ । एकीकृत समाजवादीमा पनि नेताहरुले अबको चुनावमा सत्ता गठबन्धन भित्रका बामपन्थीहरु धुव्रीकृत हुने निश्चित भएको व्रिफ्रिङ गरेका छन् ।

जनता समाजवादी पार्टी जसपाबाट उपेन्द्र यादव र अलग्गै पार्टी खोल्न लागेका बाबुराम भट्टरार्इ तथा बामदेव गौतम लगायतका नेताहरु पनि सकारात्मक देखिएका छन् ।

समाजवादी केन्द्रको अवधारणा धेरै अघि पुगेपछि वाम गठबन्धनको प्रयत्न थालेका एमाले नेताहरु अब अध्याय समाप्त भएको बुझाइमा पुगेका छन् । अब एउटा ध्रुवको नेतृत्व कांग्रेसले र अर्कोको आफुले गर्ने भन्दै उनीहरुले गठबन्धन अनावश्यक भन्न थालेको देखिन्छ ।

अहिलेको सत्ता गठबन्धन कायमै राखेर कम्युनिष्ट शक्तिले अलग्गै मोर्चा बनाउनु भनेको कांग्रेससँग सिट बाँडफाँटमा बढी मोलतोल गर्नु हो । तर यो समिकरणले एमालेलाई भने थप एक्ल्याउन सक्छ ।