१३ बैशाख २०८१, बिहीबार

भारी वर्षा पूर्वी तराईमा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील

mausam weather

पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ ।

ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।  होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ ।