७ बैशाख २०८१, शुक्रबार

मेयर हर्कराज राईसहितले गाएको गीत सार्वजनिक

harka sampang Dharan

धरानको सर्दु खोलाको बगर छेऊमा अहिले खानेपानीका लागि इन्टेक निर्माण कार्य भइरहेको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको नेतृत्वमा पकुवा, निशाने खोलाको प्रोजेक्ट सकिएपछि अहिले सर्दु खोलामा जनश्रमदानसमेत भइरहेको छ । जनश्रमदानमा धरानबासी निरन्तर स्वतस्फुर्त खटिरहेका छन् ।

तर दुईजना भनेर फरक तरिकाले जनश्रमदान गरिरहेका छन् । सर्दुको बगरमा श्रमदान गर्नेलाई उपचार गर्न ढुक्कै दुईजना स्वास्थ्यकर्मी निःशुल्क खट्न थालेका छन् । उनीहरु श्रमदान गर्नेलाई घाउ, चोटपटक लागे, टाउको दुखे, रिङ्गटा लागे हेरचाह र औषधि वितरण गर्छन् ।
प्राथमिक उपचार साथै स्वास्थ्यमा जटिलताको स्थिति आए एम्बुलेन्स सेवा पनि दिन तयार हुँदै नियमित दुईजना स्वास्थ्यकर्मी परिचालित भएका छन् ।

dharan 1

यस्तो सेवा धरानस्थित सिसम मेडिकल हलले प्रदान गरेको सञ्चालक शिव चाम्लिङ राईले श्रमदान गरिरहेका दाजुभाइ, दिदीबहिनी, आमाबुबाहरुलाई प्राथमिकतामा राखेर आइतबारदेखि सेवासहितको श्रमदान गर्न थालेको जानकारी दिए ।

‘म भनेको स्वास्थ्यकर्मी मिडियामा हेर्छौं, यति धेरै धराने जनता उत्साहित भएर गइरहेका छन्, खोलाखोल्सा चहारेर गिटी कुटिरहेको, ढुङ्गा बोकेर, बालुवा बोकिरहेको हामी देख्छौं, हामी सोच्छौं कि यिनीहरु कतिको खुट्टामा चोटपटक लाग्दा, कतिलाई सामान्य टाउको दुख्ला भनेर सोचेर यस्तो श्रमदान गर्नुपाए हुन्थ्यो भन्ने लागिरहेको थियो, आइतबारदेखि नियमित सेवा दिन थालेका छौं ।’

उनले गाह्रोसाह्रो परिहाले एम्बुलेन्सको सेवा पनि दिन सकिने जानकारी दिए । ‘हस्पिटलाइज गर्नैपर्ने भयो भने एम्बुलेन्सको पनि व्यवस्था भइहाल्छ, एम्बुलेन्स ‘रेडी’ छ ।’ स्वास्थ्यकर्मी देवी गुरुङका अनुसार त्यहाँ प्राथमिक उपचारअन्तर्गत सबै उपचार सेवा दिइरहेको बताइन् ।

यस्तै.. धरान उपमहानगरपालिकका मेयर हर्कराज राई (साम्पाङ) सहितका अन्यले गाएको गीत सार्वजनिक भएको छ। सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको ‘हाइकिङ गीत’ गीत सार्वजनिक गरिएको हो।

गीतको रचना राजीव हलुवाइले गरेका हुन्। उनी पदयात्राका अभियन्ता पनि हुन्।

उक्त गीतमा चर्चित गायक तथा गायिकाहरू राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारसँगै धरानका मेयर साम्पाङले पनि स्वर दिएका छन्। गीतमा सङ्गीत मनोज मोतेले भरेका छन्।धरानका पाखापखेरीमा घुम्न प्रोत्साहन गर्न र पदयात्राको सम्भावना भएको क्षेत्रलाई समेटेर भिडियो पनि बनाइएको छ।