१४ बैशाख २०८१, शुक्रबार

बाँके र मोरङमा नक्कली युरेनियम देखाएर ठग्नेको बिगबिगी

Uranium

युरेनियम जस्तो देखिने पदार्थसहित दुई वटा गिरोहका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। छुट्टा छुट्टै स्थानबाट दुईवटा समूहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

बाँकेको बोगटीया गाउाको बाटो हुादै भारत जाादै गरेको यही स्कारपियो गाडीका युरेनियम छ भन्ने सुराकका आधारमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लियो । बरामद गरिएको धातु परीक्षण गर्दा अन्ततः नक्कली पुष्टि भयो ।

पक्राउ परेका ४ जना बााके, रोल्पा, नुवाकोट र खोटाङका हुन् । उनीहरु काठमाडौंबाट आएर नेपालगन्जकै एउटा होटलमा बसेका थिए ।

काठमाडौंबाट निजी नम्बर प्लेटको गाडिमा लामो यात्रा गर्दै नेपालगन्ज पुग्दा उनीहरुले सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका धेरै सुरक्षा चााज पोष्ट छिचोलेको थिए ।

नेपालगन्ज पुगेपछि भने प्रहरीले आफैं व्यापारी बनेर ४ जना पक्राउ गरेको थियो । तर पक्राउ पर्नेहरु ठगी धन्दाका नाइकेले प्रयोग गरेका भरिया मात्र हुन् ।

Capture 7

विक्रीका लागि आएकाहरुलाई विराटनगरको दुई स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए।

प्रहरीका अनुसार साउन १ गते एक किलो ८७.३ ग्रामसहित विराटनगर– ९ ट्राफिक चाेकबाट ८ जना र साउन ३ गते विराटनगर महानगरपालिका– ३ स्थित दूध फारम नजिकैबाट ९७८.६ ग्रामसहित सात जनालाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट बरामद भएको वस्तु परीक्षणका लागि पठाइएको बताउँदै उनले भने, ‘पक्राउ परेकाहरु भरिया हुन्, नाइकेको खोजी हुँदैछ’। पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

    सम्बन्धित समाचार...