१४ बैशाख २०८१, शुक्रबार

खोज्या खोज्यै छ कांग्रेस एम अधिकारी भन्ने व्यक्ति: ओली

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङका एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् ।

उनले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै एम अधिकारी नखोज्न आग्रह गरेका हुन् । को रुपमा एम अधिकारीको नाम राखेपछि उनी नै गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै बिरोध भइरहेको थियो ।

एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा ओलीले आफ्नो दलले एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको बताए ।

‘नेकपा एमालेले भनिरहेको छ । खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् ।’ उनले भने ।