११ बैशाख २०८१, मंगलवार

मुर्मूलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको बधाई

PM Deuba President Bhandari
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको १५औं राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत उनलाई बधाई तथा शुभकामना दिएकी हुन् ।

मुर्मूको कार्यकालमा नेपाल–भारतबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विचार राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन् ।

‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु ।

यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले ट्वीटरमा लेखेकी छन् ।

प्रधानमन्त्री देउवाले पनि दिए भारतकी नयाँ राष्ट्रपतिलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले मुर्मूलाई बधाई दिएका हुन्।

‘नेपाल सरकार र जनताका तर्फबाट म श्रीमती द्रौपदी मुर्मुलाई भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई दिन चाहन्छुु, देउवाले भने, ‘नेपाल र भारतबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धले आगामी दिनहरूमा नयाँ उचाई लिनेछ भन्नेमा म विश्वस्त छु।