१० आश्विन २०७९, सोमबार

मानव कङ्काल भेटियो सामुदायिक वनमा

kankal

भेरीगङ्गा नगरपालिका–१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ ।

बिहीबार दिउँसो उक्त मानव कङ्काल भेटिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो ।

उहाँका अनुसार खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली त्यहाँ पुगेको थियो ।

“तीन–चार महिनाअघिको देखिने मानव कङ्काल पुरुषको भएको र छरिएको अवस्थामा भेटिएको थियो”, प्रवक्ता पाण्डेले भन्नुभयो, “जनप्रतिनिधिको रोहवरमा घटनास्थलबाट मुचुल्का गरी कङ्काललाई प्रहरीले ल्याएको छ ।” प्रहरीका अनुसार सो घटनाबारे अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित समाचार...