१५ बैशाख २०८१, शनिबार

भ्रष्टाचारको मुद्दा दायर भएसँगै राजविराज नगरपालिकाका प्रमुख निलम्बनमा

rajbiraj

राजविराज नगरपालिकाका नवनिर्वाचित मेयर भिमराज यादव माथि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएसँगै निलम्बनमा परेका छन् । योसँगै नगरपालिकाको विकास अन्योलमा परेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ४२ लाख रुपैयाँको बजेटमा सप्तरी जिल्ला खेलकुद विकास समितिले राजविराजस्थित रंगशालाको स्तरोन्नती गरायो ।

माटो पुर्ने र पर्खाल मर्मतसम्भार कामको टेण्डर स्थानीय गहिल कन्स्ट्रक्सनले १४ लाख २६ हजारमा र उदय निर्माण सेवाले २३ लाख ७४ हजारमा पाएका थिए ।

१४ लाखको काममा १२ लाख २३ हजार भुक्तानी पाएका गहिलका तत्कालिन सञ्चालक भिमराज यादव अहिले राजविराज नगरपालिकाका मेयर हुन् ।

पाँचवर्ष अघिको त्यो काममा अख्तियारले छानबिन गरेर भ्रष्टाचार भएको ठहर गरी ७ जनाविरुद्ध असार २९ गते कहिलेको असार शाल खुलाउनु विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आरोप पत्रमा खेलकुद विकास समितिका अध्यक्ष एजेट न्यासुरमाथि १३ लाख २७ हजार, उपाध्यक्ष धिरेन्द्र बर्मामाथि २ लाख, तत्कालिन कार्यालय प्रमुख महेन्द्रप्रसाद यादवमाथि ७ लाख ५७ हजार, तत्कालिन प्रमुख लक्ष्मण मण्डलमाथि ५ लाख ६९ हजार, जिसस सप्तरीका तत्कालिन इन्जिनयर विकास श्रेष्ठमाथि १३ लाख २७ हजार, उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठमाथि १० लाख ६३ हजार र गहिल कन्सट्रक्सनका सञ्चालक भिमराज यादवमाथि २ लाख ६३ हजार बिगो कायम गर्दै कैद एवम् जरिवाना माग गरिएको छ ।

sa

यता पाँच वर्षअघिको विषयलाई लिएर अहिले नगरपालिकाका नवनिर्वाचित प्रमुखलाई नै मुद्दा दायर गरिएपछि स्थानीय भने अन्योलमा परेका छन् । अब नगरपालिकाको विकास कसरी होला भन्ने चिन्ता उनीहरुमा देखिन्छ ।

सप्तरीकै बलान बिहुल गाउँपालिकाकी तत्कालिन उपाध्यक्ष रुबी गुप्तासहित ९ जना कर्मचारीमाथि अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दा यथास्थितिमै छ ।

अख्तियारले वास्तविकभन्दा नापी किताबमा बढी देखाएर भुक्तानी गरेको भन्दै १० लाख ५ हजार असुलउपर तथा कारबाहीको माग गरेको हो । तर अख्तियारले पनि दाउपेचकै आधारमा केही योजनाको मात्रै अनुसन्धान गर्ने गरेको स्थानीय अगुवाहरुको भनाई छ ।

महालेखाको प्रतिवेदनअनुसार छानविन नहुनु, उजुरी परेको लामो समयपछि मुद्दा दर्ता हुनु जस्ता विषयले अख्तियारको काम कारबाहीतर्फ पनि शंका उब्जाएको छ ।