१३ बैशाख २०८१, बिहीबार

मुद्दा हारेपछि पदबाट राजीनामा दिए एआईजी विश्वराज पोखरेलद्वारा

bishow

आईजीपी नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालत गएका एआईजी विश्वराज पोखरेलले मुद्दा हारेपछि पदबाट राजीनामा दिनुभएकाे छ।

अर्को महिना स्वतः अवकाशकाे मिति पुग्न लागे पनि पोखरेलले एक महिना अघि नै राजीनामा दिनुभएकाे हाे ।

उहाँको राजीनामा प्रहरी प्रधान कार्यालय हुँदै गृहमन्त्रालय गएको छ । यसअघि उहाँले बिदाका लागि दिएको निवेदन आईजीपी धिरजप्रताप सिंहले अश्वीकृत गर्नुभएकाे थियाे ।

आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी बनाएको भन्दै पाेखरेल अदालत जानुभएकाे थियाे ।