१२ बैशाख २०८१, बुधबार

चीनसँगको सम्बन्ध तोड्ने ट्रम्पको धम्की

Donald Trump and Xi Jinping

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सम्बन्ध बिच्छेद गर्ने धम्की दिएका छन् । ट्रम्पले कोरोना भाइरसका निहुँमा फेरि चीनसँग रुष्ट हुँदै सम्बन्ध नै तोड्ने धम्की दिएका हुन्।

कोरोना भाइरसको उत्पतिलाई लिएर छानबिन गर्न माग गर्दै आएको अमेरिकाले चीन कोरोना महामारीमा पारदर्शी नरहेको आरोप लगाउँदै आएको छ ।

ट्रम्पले यसअघिदेखि नै कहिले चीनले जानीजानी कोरोना भाइरस फैलाएको त कहिले सुरुमै वास्तविक जानकारी नदिएर धोका दिएकोजस्ता आरोप लगाइरहेका छन्।

राष्ट्रपति ट्रम्पले फक्स बिजनेससँगको एक अन्तर्वार्तामा भने, “हामी धेरै गर्न सक्छौं । हामी सबै सम्बन्धहरु अन्त्य गर्न सक्छौं ।” यसै क्रममा चीनविरुद्ध उनको पछिल्लो अभिव्यक्ति आएको हो।

ट्रम्पले यदि चीनसँगका सबै सम्बन्धहरू तोड्ने हो भने अमेरिकालाई ४०० अर्ब डलर बच्ने बताए । उनले चीनसँगको द्विपक्षीय व्यापारमा अमेरिकाले ठूलो घाटा बेहोरिरहेको बताए ।

अमेरिका कोरोना भाइरसको संक्रमणको जिम्मेवार चीन रहको दाबी गर्दै यसको जिम्मेवारी लिनु पर्ने बताउँदै आएको छ ।

चीनले केही समय कोरोनाका कारण भएको क्षतिको पूर्ति दिनुपर्ने अमेरिकाले माग गरिरहेको छ।

यद्यपि चीनले यसलाई अस्विकार गर्दै आएको बीबीसीले जनाएको छ । चीन विरोधी ट्रम्पको अभिव्यक्तिलाई धेरैले नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको रणनीतिका रूपमा पनि हेरेका छन् ।

तर धेरैको विश्लेषण के छ भने ट्रम्पको चीनविरोधी अभिव्यक्ति आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा आफूलाई अब्बल देखाउने रणनीति हो।

कोरोना भाइरसबाट अहिले विश्वमै सबैभन्दा बढी अमेरिका पीडित भइरहेको छ। अमेरिकाकै जाेन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा काेराेनाबाट ८५ हजारभन्दा बढीकाे मृत्यु भइसकेकाे छ भने १४ लाख १३ हजारभन्दा बढी संक्रमित भइसकेका छन्।