१३ बैशाख २०८१, बिहीबार

बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या २५८

3D medical animation corona virus

शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार राष्ट्रिय प्रयोगशाला काठमाडाैँ र बाँकेकाे भेरी अस्पताल प्रयाेगशालामा गरिएकाे परीक्षणमा ९ जनामा काेराेना पुष्टि भएकाे हाे । थपिएका ९ मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकी ८ जना बाँकेका पुरुष रहेका छन् । 

बाँकेका संक्रमितहरू १८ वर्षदेखि ३६ वर्ष उमेर समूहका रहेकाे मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ भने उनीहरूलाई आइसोलेसनमा राखेर उपचार थालिने भएको छ ।

यसअघि बिहीबार मात्र विभिन्न ठाउँमा ६ जना संक्रमित थपिएका थिए । हाल ३५ जना संक्रमित भने निकाे भइसकेका छन् ।

96821325 895162577638929 1435629798356418560 n 568x768 1