२३ बैशाख २०८१, आईतवार

ई-लर्निङ एपद्वारा मनसुन अनलाइन एडुफेस्टको तयारी

Neema1657711662

नीमा एकेडेमी ई-लर्निङ एपले डिजिटल सिकाईका अफरहरू सहित मनसुन अनलाइन एडुफेस्ट गर्ने भएको छ। मनसुन अनलाइन एडुफेस्ट नाम दिएको उक्त ज्ञान मेला डिजिटल माध्यममा एक हप्तासम्म चल्नेछ।

नीमा एकेडेमी ई-लर्निङ प्लेटफर्मले पाठ्यक्रम विकास केन्द्रद्वारा अनुमोदित, विशेषगरी कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरेर अनलाइन पाठ्यक्रमहरूको बन्डल प्याकेज भारी छुटमा प्रदान गर्दैछ।

विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा किफायती मूल्यमा आकर्षक उपहारसहित उपलब्ध गराउने कुरा कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको हो।

यसका साथै, नीमा एकेडेमीले आगामी दिनहरूमा अफर, योजना, सदस्यता सुविधाहरू र विद्यार्थी, शिक्षक, विद्यालय र विद्यार्थीहरूलाई लक्षित गरी लाभदायी प्याकेज ल्याउनेबारे खुलाएको छ।

मुख्यत: मनसुन अफरअन्तर्गत विद्यार्थीहरूलाई कक्षा १ देखि १० सम्मका जुनकुनै पाठ्यक्रमहरूको वार्षिक प्याकेज खरिद गर्दा ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ।

नीमा एकेडेमीका अनलाइन कोर्सका विषयवस्तु/पाठ्यक्रम शिक्षण सामग्री, ई-पुस्तक, भिडिओ, खेल, हाजिरीजवाफ,असाइनमेन्ट र एनिमेसनमा आधारित छन्।

नेपाली बजारमा भौतिक रुपमा प्रद्रशनी मेला हुने गरेपनि डिजिटल माध्यम त्यसमा पनि अनलाइन शिक्षा क्षेत्रमा ज्ञान मेला नयाँ प्रयास मानिने समेत कम्पनीले बताएको छ।

    सम्बन्धित समाचार...