२० बैशाख २०८१, बिहीबार

(फोटो फिचरसहित) जिउदै बाख्रा खायो अजिङ्गर

ajingar

चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिङ्गर भेटिएको हो । अजिङ्गरले एउटा बाख्रो खाएको छ। प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ ।

अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो ।

अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिए ।

ajingar
ajingar 1
ajingar 2