
फिफा विश्वकपको इतिहास हेर्ने हो भने त्यहाँ मनोरञ्जनका लागि फुटबल मात्रै हुने गर्दैन । फुटबलको अलावा पनि त्यहाँ अनेकन् गतिविधि हुने गरेको छ । पर्यटन, व्यवासाय र अर्थतन्त्रमा विश्वकपले ठूलो महत्व राख्ने गरेको छ ।
हरेक चार वर्षमा आयोजना हुने विश्वकप फुटबलमा ग्ल्यामर र यौन व्यापारको चर्चा मुख्य विषय बन्ने गरेको छ । फिफा विश्वकपको समयमा आयोजक राष्ट्रमा यौन व्यापार खुबै फस्टाएको इतिहास छ । वितगलाई हेर्ने हो भने पनि यसको पुष्टि हुन्छ ।
२०१८ कै विश्वकपको कुरा गर्ने हो भने पनि रसियाले आयोजना गरेको फिफा विश्वकपमा बेलायतले गरेको एक सर्वेक्षणले ३३ प्रतिशत दर्शकहरु स्थानीय युवतीलाई हेर्ने उद्देश्यले जान लागेको प्रक्षेपण गरेको थियो ।
कतारमा यसै वर्षको नोभेम्बरमा फुटबल विश्वकपको आयोजना हुदैछ । तर यस वर्ष भने कतारले विश्वकपलाई लिएर खाडी मुलुकमा विभिन्न प्रतिबन्ध लगाएको छ । त्यसमा सबैभन्दा बढी चासोको विषय बनेको छ, सुरा र सुन्दरीमा लगाइएको प्रतिबन्ध ।
विश्वकपको इतिहासमा यस वर्ष पहिलो पटक सेक्समाथि प्रतिबन्ध लगाइएको छ । कतार सरकारले यस वर्षको विश्वकपमा वान नाइट स्ट्यान्डले सात वर्षसम्म जेलको बास गराउन सक्ने खुल्ला चेतावनी दिइएको छ ।
जसको सोझो अर्थ हुन्छ, यस वर्षको प्रतियोगितामा वान नाइट स्ट्यान्ड र कुनै पनि पार्टी हुने छैन । जसले गर्दा महँगो टिकट किनेर खेल र रमाइलो गर्न कतार पुग्ने फुटबल फ्यानहरु यस पटक भने हिस्स पर्ने भएका छन् । कतार सरकारले फुटबल फ्यानको रमाइलोमा चिसो पानी खन्याएको छ ।
कतार एक रूढीवादी परम्परा भएको देश हो । यहाँ विवाह पूर्वको यौनसम्पर्क र समलैंगिकता गैरकानूनी मानिन्छ । पहिले नै फरक लिंगका फ्यानहरूले होटेलको कोठा पनि पाउन सक्दैनन् ।
फिफाका सीईओ नासेर अल खतरले प्रशंसकको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएकोले कतार आउने सबैले त्यहाँको नियम पालना गर्नु पर्ने अभिव्यक्ति नै दिइसकेको छ ।
पति–पत्नीलाई पनि कतारी संस्कृतिविरुद्ध खुल्ला प्रेम गर्न पाउने अधिकार नभएको बताएका छन् । कतार फुटबल संघका महासचिव मन्सुर अल अन्सारीले प्रतियोगितामा इन्द्रेणी झण्डामाथि प्रतिबन्ध लगाउने विषयमा पनि विचार भइरहेको बताए । एलजिबिटीका बारे आफ्नो धारणा व्यक्त गर्नेलाई कतारमा कुनै स्थान नभएको प्रतिक्रिया दिएका छन् ।
यो कतारमा स्वीकार्य नहुने बताएका छन् । खेल पछि रक्सी र पार्टी विश्वकपको संस्कृति हो । विभिन्न विवादका बाबजूद पनि नियम नै बदलेर कतारमा हुने विश्वकपमा अर्काे एउटा संस्कृतिको पनि अन्त्य हुने भएको छ । यस्तो खाले प्रतिबन्धबाट मनोरञ्जन गर्न कतार पुग्ने दर्शक भने पक्कै निराश हुने देखिन्छ ।