२२ बैशाख २०८१, शनिबार

निवास छाडे श्रीलंकाका राष्ट्रपतिले, हजारौं प्रदर्शनकारीको भिड राजधानी कोलम्बोमा

srilanka

श्रीलंकाको राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् ।

प्रदर्शनकारीले ‘गोटाबाया घर जाउ’ को नारा लगाएका थिए । समाचारअनुसार राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरेका छन् । यद्यपि, राष्ट्रपति कहाँ छन् भन्ने पुष्टि भएको छैन ।

कोलम्बोमा तनाव छ । आन्दोलनकारीलाई रोक्न सेना परिचालन गरिएको छ । सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हावामा फायर समेत गरेको थियो ।

srilaknka janata

यसैबीच, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पार्टी नेताहरूको आकस्मिक बैठक बोलाएका छन् । प्रहरीको कारबाहीमा कैयौं व्यक्ति घाइते भएका र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ ।

सार्वजनिक भएको भिडियो फुटेजहरूमा प्रदर्शनकारीहरू राष्ट्रपति भवनमा कुर्सीमा बसेर स्विमिङ पुलमा नुहाउँदै गरेको देखिन्छ ।

श्रीलंकामा लामो समयदेखि मूल्यवृद्धि र अत्यावश्यक वस्तुको अभावको विरोधमा प्रदर्शन भइरहेको छ । प्रदर्शनमा सहभागी हुन देशका धेरै भागबाट मानिसहरु कोलम्बो पुगेका छन् ।

राष्ट्रपति सरकारी निवासभित्रै प्रदर्शन

प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवासमा प्रदर्शन गरेका छन् । हजारौं प्रदर्शनकारीको भिडले राजधानी कोलम्बोमा प्रदर्शन गर्दै प्रहरीको अवरोध पन्छाउँदै राष्ट्रपतिको निवाससम्म पुगेर शनिबार प्रदर्शन गरेको हो ।

श्रीलंकामा आर्थिक मन्त्री चर्किएपछि भइरहेको श्रृङ्खलावद्ध प्रदर्शन भइरहेको छ र यस क्रममा शनिबार भएको प्रदर्शन ठूलोमध्येको एक हो ।

श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड गरेको भिडियो फुटेजहरु सञ्चार माध्यमहरुले देखाएका छन् ।

download 1

विदेशी मुद्राको सञ्चिती ज्यादै न्युन भएपछि श्रीलंकाले पछिल्लो समय आर्थिक संकट भोगिरहेको छ । उसले न्यून मात्रामा मात्र पेट्रोलियम पदार्थ, खाद्यान्न र औषधि खरिद गर्न पाएको छ ।

मुलुकको यो स्थिति आउनुमा राष्ट्रपति गोटावाया राजापाक्षे दोषी रहेको भन्दै प्रदर्शनकारीले पाँच महिनादेखि राजीनामा माग गरिरहेका छन् ।