२३ बैशाख २०८१, आईतवार

कहिले सुधार्ने त्रिवि विश्वविद्यालयको बेथिति ? राजनीतिक हस्तक्षेपको चपेटामा फस्दा गुणस्तरीय शिक्षाको गन्तव्य बन्ला ?

tribhuvan university

मुलुककै पुरानो, जेठो र ठुलो विश्व विद्यालय त्रि–भूवन विश्व विद्यालय स्थापनाको ६३ वर्ष पूरा भएको छ । उच्च शिक्षाको झन्डै ९० प्रतिशत विद्यार्थी त्रि.वि र यसको प्रणालीमा आवद्ध छन ।

मुलुकको अग्रणी विश्व विद्यालय पछिल्लो समय राजनीतिक हस्तक्षेपको चपेटामा फस्दा थप अस्त व्यस्त र आलोचनाको शिकार बनिरहेको छ ।

मुलुककै पहिलो र ठुलो विश्व विद्यालयको रुपमा स्थापित त्रिभुवन विश्वविद्यालयले आफ्नो लामो शैक्षिक इतिहासको ६३ वर्ष पार गरेको छ । विं.सं २०१६ सालमा राजा महेन्द्रले त्रिभुवनको नाममा स्थापना गरेको त्रिवि अझै पनि मुलुकको उच्च शिक्षाको केन्द्र हो ।

देशभरका झन्डै ९० प्रतिशत उच्च शिक्षाका विद्यार्थी अझै पनित्रिवि र यसको प्रणालीमा आवद्ध क्याम्पससंग जोडिएका छन् । तर उच्च शिक्षाको त्यति ठुलो हिस्सा ओगटेको मुलुकको अग्रणी विश्व विद्यालयमा राजनीतिक हस्तक्षेप मौलाउँदो छ ।

उपकुलपति देखि सामान्य कर्मचारीको नियुक्ति पनि राजनीतिक भाग बण्डाका आधारमा गरिने भएकाले विश् वविद्यालय शैक्षिक थलो कम राजनीतिक प्रतिस्पर्धाको थलोमा रुपान्तरण भईरहेको प्रष्ट छ । जुन आफैमा चिन्ताको विषय हो ।

विश्व विद्यालयहरु मानव शक्ति विकास गर्ने र नयाँ ज्ञान सिर्जना गरी दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य आधार हो । तर हाम्रो विश्व विद्यालय ठिक विपरित छ ।

राजनीतिक भागवण्डा नमिल्दा त्रिवि राजनीतिक दलका विद्यार्थी संगठनको विवाद र ताला लगाउने थलो बनिरहेको छ । हुँदा हुँदा अहिले प्राध्यापकहरु समेत आफ्नो मर्यादा नै भुलेर राजनीतिक प्रतिशोधका आधारमा अनशन बस्ने ताला लगाउने गतिविधिमा उत्रन थालेका छन । हाल सालै मात्र नेविसंघ र आंशिक प्राध्यापकले झन्डै ६ महिना त्रि.विमा ताला लागाए ।

माघ ६ गते लगाएको ताला जेठ २७ गते बल्लखुलेको थियो । यस्तो गति विधिहरुको प्रत्यक्ष असर विद्यार्थीको भविष्यमा परिरहेको छ । केहि संकाय बाहेक त्रिविमा संचालित अधिकाश शैक्षिक कार्यक्रम क्यालेन्डर अनुसार संचालन हुन सकिरहेको छैन । त्रिविको यो बेथितिप्रति सरकार स्वयं मुकदर्शक बनिरहेको छ ।

शैक्षिक, प्रशासनिक सबै क्षेत्रमा राजनीतिक हस्तक्षेप हुँदा त्रिभुवन विश् वविद्यालय वेथितिलयमा परिणत हुँदै गएको छ । तर यत्तिका विवाद र अस्तव्यस्तताका बावजुत त्रिविविश्वको हजार उत्कृष्ट विश्व विद्यालयमा पर्न सफलभएको छ ।

सम्बन्धित पक्षले शैक्षिक गुणस्तरमा ध्यान दिन सके त्रिविको भविष्य उज्वल देखिन्छ । साथै गुणस्तरीय शिक्षाको लागि विदेशीने विद्यार्थीहरुलाई स्वदेशमै रोक्न पनि त्रिविलाई सुधार्नुको विकल्प देखिँदैन ।