१५ चैत्र २०८०, बिहीबार

रस्साकस्सी महासचिवमा: वर्षमान र जनार्दन प्रबल दाबेदार, प्रचण्ड थप दबाबमा परे !

barsaman pun janardhan sharma

माओवादी भित्र पदाधिकारी चयनको विषय सकसपूर्ण बन्दै आएको छ । केन्द्रीय सदस्य चयनकै वेला देखि विवाद खेप्दै आएको पार्टी अहिले पोलिटो व्यूरो पनि विवादरहित बनाउन सकेको छैन ।

यहि अवस्था पदाधिकारी चयनमा पनि देखिने सम्भावना छ । विशेषतः महासचिवको विषयमा देखिएको सकसका कारण पदाधिकारी चयन पछि धकिलिदै आएकोछ ।

स्थानीय चुनावको समीक्षा र पदाधिकारी चयनको विषय मुख्य एजेन्डाको बनाएर जारी रहेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुनः पदाधिकारीमै गएर अड्किएको छ ।

गत पुसमा महाधिवेशन भए पनि माओवादीले अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न सकेको छैन । महासचिवमा नेताहरूको रस्साकस्सी धेरै भएकोले माओवादीले निर्णय लिन नसकेको हो ।

यहि सकसका कारण अध्यक्ष प्रचण्डले बैठक पटकपट सारेका छन् । जारी बैठक पनि दुई दिनका लागि स्थगीत गरेर पदाधिकारीमा सहमति खोज्ने प्रयास गरे पनि वर्षमान पुन र जनार्दन शर्मा दुवैले दावेदारी कायम राखे पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थप दबाबमा परेका हुन् ।

शर्मा र पुनको दाबीले गर्दा पदाधिकारी चयनमा नै समस्या भएका कारण तेस्रो व्यक्तिलाई महासचिव बनाउनुपर्ने तर्क पनि माओवादीभित्र उठ्न थालेको छ ।

यहि वैठकबाट पदाधिकारी टुङ्गो लगाउनुपर्ने बताउने उनीहरु सहमती नभए प्रक्रियामा जानुको विकल्प नभएको बताउन थालेका छन ।

तर विगतमा निर्वाचनका कारण पदाधिकारी चयन हुन नसकेको बताउने उनीहरुले पार्टीमा सकसकै अवस्था भने नरहेको बताउने गरेका छन ।

अध्यक्ष प्रचण्डले पनि अहिलेको केन्द्रीय समिति बैठकको प्रमुख एजेन्डा भने पदाधिकारी चयन गर्ने रहने यसअघि नै बताइसकेका छन् ।

तर महासचिवका लागि देखिएको रस्साकस्सीका कारण संघीय चुनावअघि माओवादीले पदाधिकारी चयन गर्ने सम्भावना कम रहेको विश्लेषण समेत सुरु भएको छ ।

चुनावी प्रक्रिया भन्दा पनि पार्टीबाट सर्वसहमतिमा पदाधिकारी टुग्याउन जोड गर्दा प्रचण्डले थप सकस व्यहोर्न परिरहेको छ । स्थानीय निर्वाचन अघि पदाधिकारी छान्दा अन्र्तघात हुने शंकामा माओवादीले पदाधिकारी टुंगो पछि धकेलेको थियो । तर अव निर्णय दिनु नै पर्ने अवस्था आएपछि प्रचण्ड पछि हटन् नमिल्ने अवस्थामा आएका छन ।

माओवादीले यसअघि नै१५ जना पदाधिकारी रहने विषय टुङ्ग्याई सकेको छ । पारित विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेछन् ।

जसमा प्रचण्डपछिको विरासत कुरा पनि जोडिने र दोश्रो ठुलो कार्यकारी पद महासचिव भएकोलेजनार्दन शर्मा र वर्षमान पुनको सुरुबाटै टकराव छ । जसमा नारायणकाजीका विश्वासपात्र गिरिराजमणि पोखरेलले पनिले पनि दावी गर्दै आएका छन ।

तर नारायणकाजीलाई वरिष्ठ उपाध्यक्षमा समेटिने पक्का भएपछि पोखरेल महासचिवको दौडबाट बाहिरिएका छन् । तर अध्यक्ष ’प्रचण्ड’ले बाँकी रहेका पदाधिकारीहरूको नाम बिहीबार वाचन गर्न सकेन ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उनले पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरूको नाम वाचन गरेपनि पदाधिकारीको नाम वाचन गर्न समस्या हुने बताएका हुन् । जसबाट यो सकस अझ लम्बिने संकेत गरेको छ ।

हुन त महासचिव टुंगो लगाएर जान नसकेको खण्डमा पोलिटब्युरो र स्थायी कमिटी सदस्य चयन गरेर अघि बढने योजनामा समेत माओवादीको रहेको रहेको छ। तर पोलिटव्यूरोको नाममा पनि विरोध सुरु भएको छ ।

प्रचण्डका परिवारका ४ जना समेटिदा योगदान गरेका र पुराना नेता नै नसमेटिएको भन्दै नेताहरुले अन्तुष्टि जनाउन थालेका छन । यसअघि केन्द्रीय सदस्य छनौट गर्दा पनि प्रचण्डमाथि परिवारका सदस्यलाई समेटेको आरोप लागेपछि उनीहरुलाई हटाएर बाँकि प्रक्रिया पुरा गरिएको थियो ।