२१ बैशाख २०८१, शुक्रबार

चरित्रकै कारण घृणाको पात्र बन्नुपरेका यी भिलेन

villen

बलिउडमा हिजोआज अभिनेताले भिलेनको भूमिका निभाइरहेका छन् । तर एक समय हिन्दी फिल्ममा यस्तो क्षण थियो, जुन समयमा हिरो र भिलेनको महत्व अलग-अलग थियो ।

केही मात्र यस्ता कलाकार थिए, जो पर्दामा भिलेनको भूमिकामा मात्र देखिन्थे । तर यी कलाकारलाई भने त्यो चरित्र पर्दामा निभाइरहँदा वास्तविक जीवनमा चरित्रकै कारण घृणाको पात्र बन्नुपरेको थियो । यहाँ त्यस्ता केही भिलेनको बारेमा वर्णन गरिएको छ, जसले वास्तविक जीवनमा दर्शकबाट घृणाको अनुभव गरे ।

प्राण

प्राण बलिउडका एक त्यस्ता अभिनेता थिए, जसले पर्दामा अलग–अलग भूमिकाका लागि चिनिए । तर उनलाई अहिले पनि बलिउडको उत्कृष्ट भिलेनका रूपमा चिनिन्छ ।

वास्तविक जीवनमा प्राणले कैयौंपटक अनस्क्रिन भिलेनको भूमिकाको असर भोग्नुप¥यो । प्राणलाई फिल्म ‘उपकार’ अघि जोकोहीले सडकमा देख्दा उनलाई फटाहा, गुण्डा र आवारा जस्ता शब्द प्रयोग गर्थे ।

प्राणको भिलेन चरित्रले दर्शकमा यति प्रभाव जमाएको थियो कि त्यो समयका आमाबाबुले छोराको नाम प्राण नै राखेका थिए ।

प्रेम चोपडा

प्रेम चोपडालाई अहिले पनि जोकोहीले देख्दा या भेट्दा उनको लोकप्रिय संवाद ‘प्रेम नाम है मेरा’ सम्झन्छन् । उनले पनि कैयौं फिल्ममा भिलेनको भूमिका निभाए पनि वास्तविक जीवनमा त्यसको पीडा भोग्नुपरेको छ ।

प्रेमको चरित्रलाई दर्शकले यति गम्भीर रूपमा लिए कि कोही विवाहित दर्शकको अगाडि उनी पुग्दा दर्शकले आफ्नो श्रीमती लुकाउँथे । त्यो समयमा उनले आफ्नो वास्तविक जीवनमा फिल्मको जस्तो भिलेन नभएको सम्झाउनु परेको थियो ।

रञ्जित

बलिउडमा भिलेनको कुरा गर्दा नछुट्ने नाम हो, रञ्जित । उनले फिल्ममा भिलेनको चरित्र निर्वाह गरे पनि निजी जिन्दगीमा उनले त्यो असर घरमै भोग्नुपरेको थियो ।

फिल्ममा उनले अभिनेत्री अथवा अन्य कोही युवतीलाई बलात्कार गरेको दृश्य हेरेका उनका बाबुआमाले रञ्जितलाई घरमा प्रवेश गर्न रोक लगाएका थिए । उनका आफन्तले पनि उनीसँग सम्बन्ध तोडेका थिए ।

जीवन

अभिनेता जीवनले पनि बलिउडका कैयौं फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका छन् । जसको असर उनको निजी जीवनमा राम्रैसँग प¥यो ।

उनी एक कार्यक्रममा सहभागिता जनाउन मुम्बई बाहिर जाँदा जब उनी ट्रेनबाट उत्रिए, त्यो समयमा एक महिलाले उनीमाथि चप्पल प्रहार गरिन् ।

त्यसपछि उनले ती महिलालाई आफूलाई चप्पल हान्नुको कारणबारे सोध्दा महिलाले अपशब्द प्रयोग गर्दै विश्वकै सबैभन्दा घटिया व्यक्ति भनी गाली गरेकी थिइन् ।

गुलशन ग्रोवर

बलिउडमा ‘ब्याडमेन’को पहिचान बनाएका अभिनेता गुलशन ग्रोबरको पीडा पनि कम छैन । गुलशन बाल्यकालमा आमाका साथ गुरुद्वार जाँदा उनलाई जोकोहीले एक आदर्श बालक सम्झन्थे ।

तर जब उनले फिल्ममा भिलेन र नकारात्मक भूमिका निभाउन थाले, उनीमाथिको सोचाइमा परिवर्तन भयो । उनको आमाबाबु पनि गुलशनको फिल्मी चरित्र हेर्दा लज्जित हुन्थे ।

यसबाहेक शक्ति कपूर, अमरिश पुरी र अनुपम खेरलगायत कैयौं अभिनेताहरु आफ्नो भिलेन चरित्रका कारण वास्तविक जीवनमा घृणाको पात्र बने ।