१५ चैत्र २०८०, बिहीबार

मंगलबार साँझदेखि बारा र पर्सामा कर्फ्यु

birgung raxaul border

संक्रमितको संख्या तीव्ररुपमा बढ्दै गएपछि मंगलबार साँझदेखि प्रदेश २ का बारा र पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । मंगलबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो ।

मंगलबार मात्र पर्साका ३९ र बाराका १ जनामा संक्रमण पुष्टि भएको थियो ।

पर्सा जिल्ला भरी मंगलबार राति ८ बजेदेखि ५ जेठको राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम तथा औषधि उपचार बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन । अत्यावश्यक सेवाबाहेक अन्य सम्पुर्ण पसल, उद्योग व्यापार व्यावसाय बन्द हुनेछन् ।

भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।