७ बैशाख २०८१, शुक्रबार

काठमाडौंमा भेटिए कोरोना संक्रमित, २१७ पुग्यो

Coronavirus Nepal1

मंगलबार नेपालमा ८३ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो । मंगलबार नै मन्त्रालयले ५७ जना कोरोना संक्रमित भएको जानकारी दिएको थियो ।

पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा पर्साका १८ जना, महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना काठमाडौंका १ र सर्लाहीका एक जना छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका प्रयोगशालामा गरिएको परीक्षणअनुसार पुष्टि भएका सबै ५७ जना पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

नयाँ पुष्टि भएकामा कपिलवस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ र बाराका १ जना थिए । हालसम्म प्राप्त विवरणअनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा हालसम्म ३३ जना उपचारपछि घर फर्किएका छन् ।

corona