१४ बैशाख २०८१, शुक्रबार

पर्सामा भेटिएका १४ संक्रमित बागलुङबाट आएका थिए

birgung raxaul border
फाइल फोटो

मंगलबार मात्रै ५७ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । ५७ जना मध्य ३९ संक्रमित पर्साका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

बा ४ ख ५७९० नम्बरको बसमा आएका उनीहरुलाई कास्की प्रशासलले पोखरामा रोकेको र कास्की जिल्ला प्रशासन्ले क्वारेन्टाइनाको व्यवस्था गर्ने भए मात्र पठाउने जानकारी गराएको थियो ।

४२ जना १३ गते एकै बसमा पर्साको छिपहरमाई गाउँपालिका पुगेका थिए ।

छिपहरमाई गाउँपालिकाका स्वास्थ्य संयोजक शम्भु साहले उनीहरु बाग्लुङबाट आएपछि ४२ जनालाई नै क्वारेन्टाइनमा राखिएको जानकारी दिए। गाउँपालिका प्रमुख गुप्ताका अनुसार बाग्लुङबाट बस चढेर आएका ४२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बेलामा नै १ जनामा उच्च ज्वरो देखिएको थियो ।

क्वारेन्टाइनमा भएका ६२ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको मध्ये १४ जनाको पाजेटिभ आएको हो ।

गाउँपालिका प्रमुख गुप्ताका अनुसार १ जनामा ज्वरो देखिँदा उनले सीडीओ सा’पलाई फोन गरेर सदरमुकामको आइसोलेसनमा राखेर उपचार गराउनुपर्छ भनेर सोधेका थिए । सीडीओ सा’पले पर्दैन, त्यहीँ क्वारेन्टाइनमै राख्नुस् भन्नुभएको हुनाले उनिहरुलाई क्वारेन्टाइनमै रखिएको थियो ।

उनी थप्छन “त्यतिबेला नै स्वाब संकलन गरेर परीक्षण गरेको भए आज १४ जनामा संक्रमण नहुन पनि सक्थ्यो” ।