१८ बैशाख २०८१, मंगलवार

ढुवानी मूल्य एक सय रुपैयाँले बढ्यो ग्यासको दाङमा

gyash hipamat
फाइल फोटो

दाङमा ग्यासको ढुवानी मूल्य बढाइएको छ । यसअघि ग्यास डिलरबाट उपभोक्ताको घरसम्म ग्यासको सिलिण्डर पुराएको ५० लिँदै आएकोमा भोलिदेखि १ सय रुपैयाँ लिइने भएको छ ।

दाङ देउखुरी ग्यास बिक्रेता संघको घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा तथा सहसचिव लोकबहादुर वली, कोषाध्यक्ष तिलकबहादुर रोका, सदस्य गोपाल आचार्य, कोमलराज पाण्डे, शेषमणि खनाल र ग्यास बिक्रेताहरूको उपस्थितिमा बसेको बैठकले ढुवानीमा ५० रुपैयाँ बढाउने निर्णय गरेको हो ।

यसअघि ग्यास ढुवानी नूतनतम ५० रुपैयाँ लिँदै आएकोमा पछिल्लो समयमा अधिकांश बस्तुमा महँगाइ बढेकाले भोलिदेखि लागू हुने गरी ग्यासको ढुवानी न्यूनतम सय रुपैयाँ लिने निर्णय गरेको छ ।

हाल ग्यासको बिक्री मूल्य १८ सय र ढुवानीसहित १८५० लिइँदै आएकोमा भोलिदेखि ढुवानी सहित १९ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने दाङ देउखुरी ग्यास बिक्रेता संघले जनाएको छ ।