१३ बैशाख २०८१, बिहीबार

पचास लाख पारिश्रमिक माग्ने विपिनसँग एक बर्ष समय छैन ?

bipin karki 1

नायक विपिन कार्कीले एक चलचित्रका लागि हालै मात्र ५० लाख पारिश्रमिक मागेको जानकारी हाम्रो सिनेमालाई प्राप्त भएको छ । विपिनले चर्को पारिश्रमिक मागेपछि यसको निर्माणपक्ष आफैमा अचम्मित बनेको छ ।

विपिन कार्कीले पछिल्लो समय अफर आएका चलचित्रका निर्मातासँग ठूलो रकम माग्ने गरेको गुनासो चलचित्र क्षेत्रमा व्याप्त सुनिएको छ । तर, नायक विपिन कार्की भने आफूलाई चलचित्रको अभाव नभएको बताउँछन् ।

कार्कीले आफूलाई आउँदो बर्षको बैशाखसम्म फिल्म नै अफर नगर्न निर्माताहरुलाई आग्रह गरेका छन् । नेपाली फिल्म क्षेत्रका सर्वाधिक व्यस्त नायकले बैशाखसम्म आफ्ना लागि नयाँ फिल्मलाई दिने समय नभएको उनले बताएका छन् ।

उनले चलचित्र ‘प्रसाद’को घोषणा कार्यक्रममा भने–‘मलाई अबका दिनमा चलचित्र अफर गर्ने सोच बनाउनुभएका निर्मातालाई बैशाखसम्म अफर नगर्न आग्रह गर्दछु । किनकी, बैशाखसम्म चलचित्रको सेड्यूल मेरो भरिएको छ ।’

विपिनले निर्मातासँग महंगो रकम माग्न थालेको कुरालाई स्विकार गरेनन् । बरु, आफूले कहिलेकाही विना पारिश्रमिक नै काम गरेको तर्क गरेका छन् ।

तर, बलिउड चलचित्र ‘एनिमल’ साइन गरेपछि भने विपिनको घमण्ड बढेको चर्चा चलचित्र वृत्तमा खुबै सुन्न थालिएको छ ।