१४ बैशाख २०८१, शुक्रबार

स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग

Bhim rawal
फाइल फोटो

नेकपा एमाले सांसद भीमबहादुर रावलले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

बिहीबार काडमाडौंमा आयोजित कार्यक्रममा सांसद रावलले पत्र पठाए–नपठाएको जनताले थाहा पाउनुपर्ने बताए । देशव्यापी विरोधपछि एसपीपी रोकिएको भन्दै उनले भने, त्यो पत्र निसंकोच बाहिर ल्याउनुपर्छ ।

अमेरिकालाई लेखेको पत्र नेपाली जनताले थाहा पाउनुपर्छ । पूर्वमन्त्री समेत रहेका रावलले गठबन्धन सरकारले बाह्य हस्तक्षेपलाई खुला छाडेको आरोप लगाए ।

७ भन्दाबढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म सरकार कानमा तेल हालेर बसेको भन्दै उनले भने, ६ देखि ७ देशमा शरणार्थीहरु नेपालमा आएर धर्ना दिइरहेका छन् । एउटा विदेशी कपाल खैरो, छाला गोरो भएकी एउटा महिलाले बोलिरहेको देखेँ ।