१६ बैशाख २०८१, आईतवार

लोकदोहोरी गायिका दिलमाया प्रकरण: प्रेमीको भूमिका हत्यातर्फ मोडियो, मोबाइल र सल लुकाएर बच्ने दाउ !

gayika hatya

लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको छ । घटनामा प्रेमी जोडिएको र घटना स्थलबाट मोबाइल समेत फेला नपरेपछि अनुसन्धानले हत्यातर्फ संकेत गरेको छ ।

झट्ट सुन्दा मृत्युपछि मृतकले दिएको बयान जस्तो देखिने यो भनाई उनै दिलमाया सुनारको हो, जसले शनिबार राति यो संसारलाई सदाका लागि छोडेर गइन् । यस अघि पनि तीन पटक सम्म आत्महत्याको प्रयास गरेकी उनलाई पहिलो पटक श्रीमानले बचाएका थिए ।

श्रीमानसँग खटपट हुँदै सम्बन्ध विच्छेद भएपछि काठमाडौंको नेपालटारमा कोठा लिएर बस्न थालेकी उनी पेशाले लोकदोहोरी गायिका हुन् । उनले गायिका धेरै गीतहरु चर्चामा छन् । लाइभ दोहोरीमा उनी उत्कृष्ट घोषित भएर सम्मान पाएकी थिइन ।

चर्चित गायक राजु परियार लगायतका कलाकारसँग गायका दोहोरी चर्चाको शिखरमा छन् । तर उनै दिलमायाको शनिबार राति मृत्यु भयो र आइतबार बिहान शव फेला प¥यो । प्रहरीले आत्महत्या भन्दै शव पोष्टमार्टमका लागि पठायो, यता मृत्यु थप रहस्यमय बन्दै हत्यातिर अघि बढेको छ ।

शनिबार राति ८ बजे भक्तपुरको गोठाटारबाट आफ्नो सुन पसल बन्द गरि श्रीमतिले पकाएको खाना छोडेर सिधैं दिलमायाको कोठा तिर हानिएका थिए, सूर्य श्रेष्ठ । दिलमाया र श्रेष्ठ झण्डै डेढ बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

उनीहरुले घरबेटीलाई श्रीमान–श्रीमतिको परिचय दिएका थिए । तर दिलमायाको शव भेटिएपछि श्रेष्ठले झुट बोल्न थाले । सुरुमा दिलमायाबारे अनविज्ञता देखाएका श्रेष्ठले मृत्यु अघि राति १ बजेर २० मिनेटमा राखिएको स्टाटास देखेपछि पटक पटक फोन गरेको बताए ।

दिलमायाले स्टाटस मार्फत अनेक पीडाहरु पोख्दै रहस्यय दुई लाइन लेखेका थिइन, जसमा लेखिएको थियो, ‘कसैले खोजी नीति नगर्नु र पोष्टमार्टम पनि नगर्नु’ ।

प्रहरीले यही शब्दलाई अनुसन्धानको विषय बनाएर खोज्न थालेपछि भेटियो, श्रेष्ठ त्यो दिन मृतक दिलमायासँगै थिए । राति ८ बजे भक्तपुरबाट नेपालटार हानिएका उनी ८:४५ तिर दिलमायाको कोठामा प्रवेश गरेको सीसीटीभी फुटेज देखाए पछि आफु गएको तर खाना खाएर निस्कीहालेको अर्काे बयान दिए ।

जसलाई पनि प्रहरी पत्याउन सकेन । किनकि उनी बिहान ४ बजे मात्रै त्यहाँबाट निस्कीएको फुटेजसमेत प्रहरीले फेला प¥यो । त्यसअघि राति १२ बजे तिर उनीहरु दुबै जना घर बाहिर निस्कीएका थिए ।

दुखाई कम गर्ने औषधी ल्याउन निस्कीएको श्रेष्ठले बयान दिएका छन् । तर मृत्युमा प्रयोग गरिएको सल र दिलमायाको मोबाइल नभेटिएपछि प्रहरीले झनै अनुसन्धानलाई फराकिलो बनायो । श्रेष्ठकै बयानमा सल महाराजगञ्ज स्थित झाडीमा भेटियो । मोबाइल अझै फेला परेको छैन ।

घटनाक्रमले श्रेष्ठमाथिनै थुप्रै प्रश्न देखिएपछि उनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान भइरहेको छ । यता मृतक दिलमायाका आमा बाबुले आलप विलाप गरि रहेका छन् । दिलमायाको हत्या श्रेष्ठबाटै भएको भन्दै बाबु केशर बिकले कटानी जाहेरी समेत दिएका छन् ।

दिलमायाका दुई बर्षीया छोरा पनि छन् । जो सुर्खेत मामा घरमा बस्दै आएका छन् । दिलमायाका फेसबुक र टिकटकमा निराशाजनका सामाग्री पोस्ट भएका छन् । शनिबार राति राखिएको स्टाटस समेत उनी आफैले राखेको हो भन्नेमा शंका छ ।

पछिल्लो समय कसैको दबाब वा प्रेमीबाट टर्चरमा रहेको होकी भन्ने पनि देखिएको छ। एकतर्फ प्रेमीले झुट बोल्नु र घटनास्थलमा मोबाइल नभेटिनुले आत्महत्या नभइ हत्या हुनसक्ने तर्फ संकेत गरेको छ । प्रहरीले अनुसन्धान गरिरहेकाले वास्तविकता बाहिर आउँला तर नेपाली लोकदोहोरीको आकाशले सदाकालागि एउटा उत्कृष्ट प्रतिभा गुमाएको छ ।