१५ बैशाख २०८१, शनिबार

हेर्दाहेर्दैमा प्रहरी महानिरीक्षक बढुवाविरुद्धको मुद्दा

suprem court

सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरुद्धको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।

कायममुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको संयुक्त इजलासमा सुनुवाइ हुँदै आएको मुद्दा यसअघि जेठ ३० गते र असार ५ गते पनि हेर्दाहेर्दैमा राखिएको थियो ।

प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ। गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।