७ बैशाख २०८१, शुक्रबार

निश्चल बाहिरिएपछि ‘प्रसाद २’मा अर्पण

nischal arpan

फिल्म ‘प्रसाद २’बाट कलाकार निश्चल बस्नेत बाहिरिएका छन् । उनी, बाहिरिएका खबर मेरो फिल्मले शनिबार बेलुकी सार्वजनिक गरेको थियो ।

निश्चल किन बाहिरिए, त्यो खुलेको छैन । तर, वुझिएअनुसार अब निश्चलको ठाउँमा अभिनेता अर्पण थापालाई फिल्ममा लिने तयारी निर्माणपक्षले गरेको छ ।

अर्पण थापासँग फिल्म साइन भैसकेपनि यस बिषयमा निर्माणपक्षले केही पनि बताएको छैन । फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठ भने फाइनल छन् । सुभाष थापाले निर्माण गर्ने फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।

अर्पण अभिनित फिल्म ‘चिसो मान्छे’ हलमा रिलिज भैरहेको छ । फिल्मको छायांकन केही महिनापछि मात्र सुरु हुनेछ ।