१४ बैशाख २०८१, शुक्रबार

लकडाउनमा ‘बर्गर’ खानकै लागि यतिसम्म गरे आमा छोरीले

Nathalie Moermans

कोरोना भाइरसको महामारी फैलनबाट रोकनका लागि विश्वका अधिकांश देशहरुले पूरा देश लकडाउन गरेका छन् ।

यस बेलामा सबै मानिसहरु घरमै थुनिएर बस्न बाध्य छन् । यसैबीच अहिले सामाजिक सञ्जालमा एक आमा छोरीका फोटोहरु भाइरल बनिरहेका छन् ।

उनीहरु दुबै कार्डबोर्डको कारमा बसेर बर्गर खानको लागि म्याडोनल्स पुगेका छन् ।

आमा छोरस्को जब फोटो भाइरल बन्यो तब पूरा घटनाको बारेमा आमा नथाली मोअरमन्ससँग अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कुराकानी गरेका छन् ।

Quand tu as envie d un MC do mais que tu n as pas d auto place à l impro

Nathalie Moermans ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶುಕ್ರವಾರ, ಮೇ 1, 2020

उनले भनिन्, ‘मेरी छोरी लामो समयदेखि बर्गर खानको लागि मरिहत्ते गरिरहेकी थिइन्, तर मैले हेरक पटक नकारीदिएँ । छोरीलाई आफूसँग कार नभएको बारेमा पनि बताएँ, हामी अरुको कारबाट पनि लकडाउनका कारण जान नसक्ने थियौँ । यसैबीच मलाई यो कार्डबोर्डको कार बनाएर हिँड्ने तरिका सुझ्यो । त्यसपछि मैले छोरीलाई भने, तर छोरीले मलाई एक प्रकारको पागलपन भएको बताइन् । तर केहि दिनपछि हामीले कार्डबोर्डको कार बनाउन शुरु गर्यौं । त्यसमा छोरीले मलाई धेरै सहयोग गरिन् ।

त्यस कारमा मैले लेखेँ, MCDONald’s  चाहियो, तर मसँग कार छैन । शेयर गरेको केहि घण्टामै यो फोटो अत्याधिक भाइरल बन्यो । साथै फोटोमा प्रतिक्रियाहरु पनि अत्याधिक आएका छन् ।’ एजेन्सी