७ बैशाख २०८१, शुक्रबार

आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई मुक्तिनाथ विकास बैंकको सहयोग

muktinath bikas bank

नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गर्दै आइरहेको छ ।

बैंकको घोराही शाखा कार्यालयले घोराही उप–महानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकको घोराही शाखाका शाखा प्रमुख युवराज भण्डारीले घोराही उप–महानगरपालिका वडा नं १५ का वडा सदस्य तथा बैंक तथा वित्तीय संस्थागत समन्वय संयोजक सनतकुमार श्रेष्ठलाई हस्तान्तरण गरे ।

यसैगरी, बैंकले धनगढी उप–महानगरपालिका ४ मा पनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका धनगढी शाखाका शाखा प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका ४ का प्रमुख दिपक थापा र सुन्दर सुदुर पश्चिम यातायातका प्रमुख पदमराज सापकोटालाई हस्तान्तरण गरे ।

साथै, बैंकले नार्गाजुन ४, काठमाडौंको शक्तिकुमारी टोल सुधारलाई राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका सीतापाईला शाखाका शाखा प्रमुख विजय उप्रेतीले शक्ति कुमारी टोल सुधारका अध्यक्ष गोपाल श्रेष्ठलाई हस्तान्तरण गरे ।

बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।