
यूनिक पौडेल
सिन्धुपाल्चोक निवासी सुबास तिमल्सिना नेपाली कांग्रेसका युवा नेता हुन् । उनलाई राजनीति भन्दा पनि बढी समाजसेवि भन्न रुचाउँछन् सिन्धु बासीहरु। २०७९ को स्थानीय निर्वाचनमा बलेफी गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट गाउँपािलका प्रमुखको उम्मेदवार रहेका तिमल्सिना निर्वाचनमा झिनो मतले हारेपनि जनताको मन भने जित्न सफल भएका छन्।
प्राय उमेदवारहरु निर्वाचनमा हारेपछि आफ्नै काममा लाग्ने आफ्नो गाउँठाउँको वास्ता नगर्ने गर्छन् तर तिमल्सिनाले भने हारेर पनि आफ्नो गाउँठाउँको समस्या समाधान गर्ने, विकासका कामहरु गर्ने, केन्द्रमा रहेका नेताहरुलाई बजेट माग गर्दै केही गर्छु भन्ने युवाहरूलाई हौसला दिने ब्यक्तिगत सहयोग गर्ने जस्ता थुप्रै कामहरु गर्न अग्रसर छन्।
यसरी मनैदेखी आफ्नो गाउँ ठाउँको विकासमा जोड दिने पदको लोभ नगरी जनताको सेवामा लाग्नु भनेको उदाहरणीय काम हो । येस्तो उदाहरणीय काम गर्न अरु नेताहरूले नेता तिमल्सिनाबाट सिक्नु जरुरी छ।
हाल संघीय संसदको सभामुख सिन्धुपाल्चोककै रहेका छन् । तर सिन्धुपाल्चोकको स्थानीय बासिन्दाहरु भन्छन् ञतिमल्सिनाले जस्तै आफ्नो जिल्लाको चासो सभामुखले दिए कस्तो बन्ला सिन्धुपाल्चोक भनेर प्रश्न गर्छन ?
यसरी निस्वार्थ भावनाले सिन्धुपाल्चोकको विकासमा जोड दिए सिन्धुपाल्चोकबासी को दुस्ख सुखमा सारथी भएर आएको भनेर सामाजिक संजाल हरुमा उनलाई धन्यवाद दिनेहरु पनि धेरै देख्न सकिन्छ ।
