१३ बैशाख २०८१, बिहीबार

किरण महासचिव, रवीन्द्र कोषाध्यक्ष अखिल नेपाल फुटबल संघमा

kiran rai anfa

नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको पहिलो बैठकले महासचिव र कोषाध्यक्ष मनोनीत गरेको छ ।

बुधबार बसेको एन्फाको यस कार्यसमिति बैठकले महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरेको हो ।

राई अघिल्लो कार्यकालमा एन्फाको प्रवक्ता थिए भने रवीन्द्र कोषाध्यक्षमा दोहोरिएको हुन् ।

सोमबार भएको एन्फाको चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् ।