२४ बैशाख २०८१, सोमबार

हैजा महामारीमा काठमाडौ: सर्तक रहन चिकित्सकको अपिल, कसरी छुट्ट्याउने झाडापखाला कि हैजा ?

sukraraj tropical hospital teku

काठमाडौमा ४ जनामा हैजाका संक्रमित भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत चार जनामा हैजाको जीवाणु पुष्टि भएपछि चासो बढेको छ ।

साथै सरकार र चिकित्सकहरुले आम सर्वसाधरणलाई सर्तक रहन आग्रह गरेका छन् । कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण लाग्ने हैजा काठमाडौमा देखा परेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयुमा उपचाररत ४ जना विरामीमा हैजाको जिवाणु पुष्टि भएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

आइतवार बागवजारमा बसो गर्दै आएका एकै घरका दुई जनामा हैजा पुष्टि भएको भोलिपल्ट सोमवार हैजाको लक्षण भएका आसियूमा उपचाररत तीनको एन्टिजेन पोजिटिभ आएकोमा दुईजनाको कल्चर रिपोर्टमा हैजा पुष्टि भएको छ । पानी र खाने कुराबाट हैजा फैलिएको हुनसक्ने महाशाखाका प्रारम्भिक अनुमान छ ।

हैजा नियन्त्रणका लागि आफुले अध्ययन साथै जनचेतनामुलक कार्यक्रम समुदायस्तरमा नै अगाडि बढाई सकेको महाशाखाले जनाएको छ ।

सरकारकाले उपत्यकाका सबैलाई सतर्क रहन र हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरिरहेको छ ।

झाडापखाला जस्तो देखिने हैजा महामारीका रूपमा फैलिन सक्ने भएकाले अन्य झाडापखालाको समस्या हुँदा भन्दा बढी सावधानी जरुरी छ ।

हैजा लागेमा
–अचानक पीडारहित चामल पखालेको चौलानी पानी जस्तो अत्यधिक÷तारन्तार दिसा हुनु ।
– पेट तथा खुट्टाका मांशपेशी बाउँडिने ।
– बान्ता हुने, तिर्खा लाग्ने, बेचैनी हुने

जस्ता लक्षण देखिन्छन् । पानी, खाद्यन्न सँगै काठमाण्डौमा केही दिनदेखि थुप्रिएका फोहोरले समेत भूमिका खेलेको हुनसक्ने अनुमान विज्ञहरुको छ । समयमा नै उपचार नपाएको अवस्थामा मृत्युको जोखिम उच्च हुने हुँदा हैजाको लक्षण देखा पर्न साथ तत्काल अस्पताल जानुपर्ने चिकित्सकहरुको सुझाव छ । हैजाको कारण सङ्क्रमितलाई पीडा हुँदैन तर सङ्क्रमण जोखिम उच्च छ ।

हैजा सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत एकबाट अर्को मानिसमा यो रोग गर्ने गर्दछ । पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण भएकाले यसमा सर्तकता अपनाउन चिकित्सकको सुझाव छ । विभिन्न अध्ययनहरुले अन्तर्राष्ट्रिय रूपमै हैजाका १० जना बिरामीमध्ये एक जनालाई कडा किसिमको सङ्क्रमण हुन्छ । समयमा नै उपचार नपाए जटिल हैजा भएका मानिसको मृत्यु हुने सम्भावना ५० प्रतिशतसम्म रहन्छ ।