२ जेष्ठ २०८१, बुधबार

बुधवारदेखि निजी हवाई सेवा ठप्प पार्ने चेतावनी, आपतकालिन उद्धार सेवा समेत बन्द हुने

domastic air flight

नेपाल वायु सेवा सञ्चालक संघले ५ बुँदे माग पत्र सार्वजनिक गरेको छ ।

निजी हवाई सेवा कम्पनीहरुको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघले पाँच बूँदे मागपत्रसहित आन्दोलनको घोषणा गरेको हो ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले ५ बुँदे माग पत्र सार्वजनिक गर्दै आफूहरुको उक्त माग यथाशीघ्र सम्बोधन नभए आगामी असार ८ गतेदेखि सम्पूर्ण हवाई सेवा बन्द गरी आन्तरिक उडान अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

सरकारले यसअघिको सम्झौतालाई वेवास्ता गर्दै एकपक्षीय रुपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरिएको भन्दै संघले नागरिक उड्ययन प्राधिकरण (क्यान) विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

संघले बुधवारदेखि संघमा आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाईसेवा कम्पनीहरुले प्रदान गर्दै आएको आपतकालिन उद्धार सेवा समेत बन्द गर्ने चेतावनी दिएको छ ।