६ बैशाख २०८१, बिहीबार

‘भष्मे डन’ नहुने सम्भावना ‘पशुपति प्रसाद २’मा !

bipin karki

चलचित्र ‘पशुपति प्रसाद २’ निर्माण हुने भएको छ । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने यो चलचित्रको कथा लेखनको काम धमाधम चलिरहेको छ । दीपेन्द्र निर्देशित चलचित्र ‘चिसो मान्छे’ अहिले हलमा चलिरहेको छ । दर्शक र समीक्षकको उत्कृष्ट प्रतिक्रिया पाएको यो चलचित्रले व्यापार भने औषत गरिरहेको छ ।

यस्तै, दीपेन्द्रले चलचित्र ‘के घर के डेरा’को काम पनि अगाडि बढाइरहेका छन् । यो चलचित्रको छायांकन सकेपछि दीपेन्द्र ‘पशुपति प्रसाद २’को काममा अगाडि बढ्नेछन् ।

यसैविच, चलचित्र ‘पशुपति प्रसाद’मा सर्वाधिक हिट भएको क्यारेक्टर ‘भष्मे डन’ दोश्रो सिरिजमा भने नहुने भएका छन् । निर्देशक खनालले भने दोश्रो सिरिजमा ‘भष्मे डन’को क्यारेक्टर नहुन सक्ने बताए । खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहने चलचित्र ‘पशुपति प्रसाद’को सिक्वेल भन्दा पनि सिरिजको रुपमा बन्नेछ ।

नायक विपिन कार्कीले चलचित्रको दोश्रो सिरिजमा काम नगर्ने संकेत दिएको वुझिएको छ । यसैले, यसपटक दीपेन्द्र फरक कथा बुन्ने तयारीमा छन् ।