१५ बैशाख २०८१, शनिबार

(सूचिसहित) पुन: भाडा वृद्धि सार्वजनिक सवारीमा, कहाँकाे भाडा कति

buses in nepal

पेट्राेलियम पदार्थमा भएकाे मूल्य वृद्धिसँगै सार्वजनिक सावारीमा पनि भाडा दर वृद्धि गरिएकाे छ । इन्धनमा मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक सावारी साधानमा भाडा दर बढाएकाे हाे ।

अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा सरकारले पुन: बढाएको हाे । यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक सवारीसाधनको भाडा ५.३०% ले बढाएको सूचना निकालेर जनाएकाे छ।

जस अनुसार पहाडमा मालबाहक सवारीका लागि ६.९४% र तराईमा ७.७% का दरले भाडा बढाइएको छ ।

बढेकाे भाडादर आजैदेखि लागू भएको छ विभागले जनाएकाे छ।

पछिल्लो पटक भाडा समायोजन हुँदा डिजेलको बजार मूल्य १६५ रुपैँया प्रति लिटर थियो भने हाल डिजेलको बजार मूल्य १९२ रुपैँया प्रति लिटर रहेको छ |

यस समयमा इन्धनको मूल्य १६.३६% ले बढेको हो | यसअघि २०७९ जेठ २७ गते सार्वजनिक सवारीसाधनको भाडादर २.५% ले घटेको थियो ।