१२ बैशाख २०८१, बुधबार

जिउँदै मृत्युदर्ता ! मान्छे जापानमा यता ११ आना जग्गा बेचेर ७ करोड झ्वाम

kritipur jagga

जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गरेको खुलेको छ ।

सो घटनामा संलग्नको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५ जनालाई पक्राउ गरेको हो । के तपाई काठमाडौँमा जग्गा किनेर लालपुर्जा दराजमा थन्क्याएर आरामले बस्नु भएको छ ? र धन कमाएर ल्याउँला अनि घर बनाउँला भनेर बस्नुभएको छ ? यदी त्यसै गरिरहनुभएको छ भने एक पटक मालपोत कार्यालयमा गएर जाँच गरिहाल्नुहोस ।

नत्र तपाईको मृत्यु भइसक्यो भनेर दुई चार जना मिलेर तपाईकै नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर जग्गा आफ्नो नाममा पारी विक्री गरेर खाइसक्लान् ? ठिक यस्तै भएको छ, काठमाडौँमा ।

काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना जग्गा शान्तादेवी लोहनीको नाममा थियो । उनी धन कमाउन जापान पुगेकी थिइन् । उनी झण्डै २४ वर्षदेखि स-परिवार जापानमै थिइन् । तर यता काठमाडौँ टोखा बस्ने ५२ वर्षीय महावीर चन्दको अगुवाईमा शान्तादेवि लोहनीको नक्कली मृत्युदर्ता प्रमाण पत्र बनाएर बेचेर ११ आना जग्गाबाट ७ करोड रुपैयाँ कुम्लयाएका थिए ।

दार्चुलाको साविक उकु गाविस वडा नं ६ हाल मालिकार्जुन गाउँपालिका–७ घर भई हाल टोखा बस्ने ५२ को महावीर चन्दमहाविर चन्द सहित ५ जनाले आनाको ६३ लाख रुपैयाँमा शान्तादेविको जग्गा बेची खाएका थिए ।

सो घटनामा संलग्नको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले चन्दसहित गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता श्रेष्ठाई पक्राउ गरेको छ । सीआईबीका अनुसार जग्गाधनी शान्तिदेवी लोहनी नेपाल आएका बेला जेठ ५ गते मालपोत कार्यालयमा वायोमेट्रिक गर्न गएका बेला जग्गा बिक्री भइसकेको खुलेको थियो । त्यसपछि पीडित पक्ष प्रहरीसमक्ष पुगेको थियो ।

यीनीहरुले शान्तादेविको श्रीमान् तारानिधी लोहनी उल्लेख गरि जिल्ला प्रशासन कार्यालय, लमजुङबाट किर्ते नागरिकताको प्रमाण पत्र बनाई अपराध गरेको प्रहरीले जनाएको छ । मालपोत कार्यालय कंलकीले सो जग्गा शान्तादेवी लोहनीको नामबाट मृत्यु नामसारी भई उनको श्रीमान् तारानिधि लोहनीको नाममा गएको जानकारी गरायो । त्यसपश्चात पनि उक्त जग्गा तारानिधि लोहनीको नाममा नक्कली व्यक्तिको नामबाट विक्री भई सुनिता कर्माचार्यको नाममा गएको थियो । त्यो जग्गा सक्कल जग्गाधनी प्रमाण पुर्जा बिना किर्ते कागजातहरु बनाई भक्तपुर नगरपालिका ११ बस्ने सुनिता कर्मचार्यलाई विक्री भएको देखिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

नक्कली नागरिकता बनाएर विदेश बस्नेको जग्गा कीर्ते गरेको अभियोगमा यो गिरोह सुरुदेखि नै संलग्न रहेको बुझीएको छ । घटनाक्रमअनुसार शान्ता देवी लोहनी सपरिवार विगत २४ वर्षदेखि जापानमा बसोबास गर्दै आएकी थिइन् । बेला बखतमा मात्र नेपाल आउने क्रममा २०६१ सालमा कीर्तिपुर उनले जग्गा खरिद गरेर जापान गएकी थिइन् । पछि १९ मे २०२२ मा नेपाल आई मालपोत कार्यालय कलंकीमा सक्कल पुर्जा देखाई बायोमेट्रिक प्रणालीमार्फत अभिलेखन गर्ने क्रममा उनको जग्गा अर्कैको नाममा पुगेको खुलासा भएको थियो ।