१७ बैशाख २०८१, सोमबार

उदयपुरमा थप एक जना कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

corona nepal

उदयपुरको भुल्केका थप एक जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ। यीमध्ये ३१ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी विभिन्न अस्पतालमा उपचाररत छन्।

आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ।

योसँगै उदयपुरमा एकै दिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। आज साँझ थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ।