१६ चैत्र २०८०, शुक्रबार

भारतले यसरी बनाएछ नेपाललाई थाहा नै नदिई कालापानी-लिपुलेक सडक

lipulekh road india2

भारतले नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी सडक निर्माण गरेको छ । शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ ।

भारतीय रक्षामन्त्रीले भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भएको उक्त सडक लिपुलेक हुँदै चीनको कैलास मानसरोवर जोड्न सफल भएको दाबी गर्दै सडकको उद्घाटन समेत गरिसकेका छन् ।

भारतले केही महिना लगाएर निर्माण गरिसक्दा पनि उक्त सडक निर्माणबारे नेपाल बेखबर रहेको बताइन्छ । नेपालले सो कार्यलाई पूर्वसमझदारी विपरित चालिएको कदम भनेको छ । यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ ।

lepulekh road india
limpiadhura road india 1
lipulekh road india 3

तस्वीरः रासस