१६ बैशाख २०८१, आईतवार

आम्दानीसहित जीवाश्म इन्धनको शीर्ष निर्यातकर्ता युद्ध सुरु भएदेखि नै रुस

oil russia

युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन नाघिसकेको छ। अमेरिका र प्रमुख युरोपेली देशहरूले लगाएको प्रतिबन्धले रुसी अर्थतन्त्रमा धेरै नोक्सान पुर्‍याएको छ । जारी संकटका कारण धेरै देशले रुसबाट तेल र प्राकृतिक ग्यास आयात बन्द गर्ने निर्णय पनि गरेका छन् ।

तर, फिनल्याण्डस्थित सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए)ले गरेको अनुसन्धानअनुसार युक्रेनमा युद्ध सुरु भएदेखि नै रुस कुल ९८ अर्ब डलर आम्दानीसहित जीवाश्म इन्धनको शीर्ष निर्यातकर्ता बनेको छ ।

युरोपेली संघ रुसी तेल र प्राकृतिक ग्यासको शीर्ष आयातकर्ता बनेको छ ।