१७ बैशाख २०८१, सोमबार

वेल्स ६४ वर्षपछि विश्वकपमा, युक्रेनको विश्वकप खेल्ने सपना अधुरै

wales v ukraine fifa world cup qualifier 1

युक्रेनलाई १-० ले पराजित गर्दै वेल्स  एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । 

आईतबार युरोपेली छनोटअन्तर्गत भएको प्लेअफमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्माघाति गोल गरे । वेल्सको जितसँगै युक्रेनको विश्वकप खेल्ने सपना अधुरो बनेको छ । 

योसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको  छ । सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो ।

अब, समूह बी इंग्ल्यान्ड ,अमेरिका र इरानसँगै वेल्सले खेल्नेछ ।