१६ चैत्र २०८०, शुक्रबार

यी युवतीले हाछ्युँ गरेकै भरमा कमाईन् करोडौँ रुपैयाँ

ladies

हामी पैसा कमाउन दिनरात मिहिनेत गरीरहेका हुन्छौ तर पनि हामीलाई दुई छाक टार्न मुस्किल पर्ने गर्छ। तर यहाँ कुरा अलि अनौठो छ। हाछ्युँ गरेकै भरमा करोडौँ रुपैया पैसा कमिन्छ रु सुन्दा सबैलाई पत्यार नलाग्न पनि सक्छ, तर यो कुरा सत्य हो ।
हामीकहाँ त हाछ्युँ गर्‍यो भने कि रुघा लागेको भनिन्छ, कि साइत बिगारेको, तर वेल्सकी एक १८ वर्षीया युवतीका लागि भने हाछ्युँ बरदान सावित भएको छ । उनले यहीबाट राम्रो आम्दानी गरिरहेकी छिन् । अबि हेयउड नामकी ती छात्राको लक्ष्य फाइन आर्ट पढ्नु हो ।

पढाइमा अब्बल भए पनि राम्रो युनिभर्सिटीमा महँगो शुल्क तिर्नुपर्ने भएका कारण उनले अतिरिक्त पैसाको जोहो गर्नुपर्ने भयो । त्यसैले उनले हाछ्युँलाई अतिरिक्त पैसा कमाउने माध्यम बनाइन् ।

सुरुमा उनको दिमाग जाग्यो । धेरै पटक हाछ्युँ गरेको भिडियो युबटुबमा हाल्छु भन्ने । नभन्दै केही मिनेटमा दर्जनौँ पटक हाछ्युँ गरेको भिडियो उनले अपलोड गरिन् । दर्शकको ओइरो लाग्यो । अब उनले अनेक कुरा नाकमा छिराएर हाछ्युँ गर्दै भिडियो युबटुबमा हाल्न थालिन् ।

हाछ्युँ हेर्न करोडौ दर्शक आउँन थाले । जुन भिडियोमा युबटुबले उपलब्ध गराएको बिज्ञापनबाट उनले करोडौ आम्दानी गर्न थालिन् । अबिले हाछ्युँ गरेको भिडियो हेर्न धेरै जना लालायित हुन थालेपछि उनले यसैलाई कारोबार बनाइन् ।

अबिले हाछ्युँ गरेको एउटा भिडियो क्लिप हेर्न न्यूनतम ३ हजारदेखि साढे ४ हजार रुपैयाँ तिर्नुपर्ने समेत बनाइन् । मानिस तिर्न तयारपनि भए । अर्कोतर्फबाटपनि आम्दानी हुन थाल्यो ।

कतिपयले अबिलाई खुट्टा देखाएर वा कुराकानी गर्दै हाछ्युँ गर्ने जस्ता विशेष भिडियो बनाउन माग गर्दा त्यसको शुल्क १५ हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । कुनै पनि दर्शकले पैसा उनको खातामा पठाएपछि उनले सोही अनुसारको हाछ्युँ गरेको भिडियो तयार गरेर पठाउँछिन् ।

अहिले हाछ्युँ गरेको भिडियो युट्युवमा राखेपछि केही दर्शकले उनका सबै भिडियो राख्न अनुरोध गरेका छन् र त्यसका लागि शुल्क तिर्न तयार भएको बताएपछि उनले यो कामलाई आम्दानीको माध्यम बनाएकी हुन् । अहिले उनी ५ मिनेटमा ३७ पटक हाछ्युँ गर्न सक्छिन् ।

नाकमा विभिन्न कुरा हालेर हाछ्युँ गर्ने क्रममा उनको सोचाइ अहिले अन्यत्र पनि मोडिएको छ । दर्शकको माग बढेको देखेर उनले नाकमा प्रयोग गर्न मिल्ने सेक्स टोइज निर्माण गर्ने सोचसमेत बनाएकी छिन् । नाकमा सेक्स टोइज हालेर थप आम्दानी गर्न सकिन्छ कि भन्ने उनको धारणा छ । एजेन्सी